अन्जु र प्रविणको ‘बढ्दै छ’ गीतमा मिस पबी र लेनको रोमान्स

गायिका अञ्जु पन्त र गायक प्रविण बेडवालको स्वरमा रहेको गीत ‘बढ्दै छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । 

टाढा भएको प्रेमी प्रेमिकाको भावना प्रकट गरिएको गीतको भिडियोमा लेन र पवित्रा सकी ‘मिस पबी’ फिचर्ड छन् । भिडियोमा लायन र मिस पबीको रोमान्स हेर्न सकिन्छ । 

माधव शर्माको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, विकास दाहालको सम्पादन छ । 

भिडियोका निर्माता प्रकाश घिसिङ हुन् ।