बेहुली बनिन् नन्दिता

नायिका नन्दिता केसी बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, आज काठमाडौंको शंकर होटलमा डाक्टर अरविन्द्र कटवालसँग बिहे गरेकी हुन् । 

नन्दिताको बिहेमा उनका आफन्त र केही फिल्मीकर्मी मात्र उपस्थित थिए । नन्दिता र अरविन्द्रले क्यानडामा इन्गेजमेन्ट गर्दै तस्विर सार्वजनिक गरेका थिए । 

मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनमा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौंमा रहँदै आएको वुझिएको छ ।

नन्दिता र अरविन्द्रको मागी विवाह हो । उनीहरुको ६ महिना अगाडि मात्र भेट भएको थियो । 

नन्दिताले फिल्म ‘इन्द्रेणी’बाट फिल्म क्षेत्रमा पाइला चालेकी थिइन् । यसपछि, उनले ३ दर्जन बढी फिल्म र थुप्रै म्युजिक भिडियोमा काम गरिन् । नन्दिता पनि विगत केही बर्षदेखि अमेरिकामा नै रहँदै आएकी छिन् ।