‘रङ्गेली’को ‘घामले तारा’ले गीतमा दयासँग रोमान्टिक मिरुना

फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रङ्गेली’ नामका कारण विवादमा छ । फिल्मको नामका कारण सेन्सर बोर्डले प्रमाणपत्र पनि दिएको छैन । एकातिर, निर्माणपक्ष विवाद मिलाउन लागिपरेको छ भने अर्कोतिर प्रचारलाई पनि तीव्रता दिइरहेको छ । 

यसैबिच, फिल्ममा समावेश ‘घामले तारा’ बोलको गीत सार्वजनिक गरिएको छ । फिल्मको यो गीतमा निशान भट्टराई र अनु चौधरीको स्वर, हर्क साउदको शब्द तथा सुशान्त गौतमको संगीत छ । 

यो गीतको भिडियोमा फिल्मका मुख्य २ कलाकार दयाहाङ राई र मिरुना मगरलाई रोमान्टिक देखाइएको छ । ग्याङस्टार कथामा निर्माण भएको यो फिल्ममा दया र मिरुनाको फरक भूमिका भएपनि उनीहरुको प्रेमलाई पनि निर्देशकले राम्रै स्थान दिएको गीतको भिडियोबाट वुझ्न सकिन्छ । 

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा दया र मिरुनाको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश वुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ । 

जीतेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको यो फिल्ममा संसार चौलागाई र रमेश भट्टराई निर्माताको रुपमा छन् । सुशन प्रजापतिले छायांकन गरेको फिल्ममा युवक कार्की र शंकर चौलागाई सह–निर्माता, विवेक खड्का एसोसियट निर्माताको रुपमा छन् ।