‘फर्की फर्की’को पोस्टर रिलिज भएपछि ‘पुजार सार्की’ टिमलाई पलको गेटअप रिलिज गर्न हतारो

जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’को फस्टलुक आज रिलिज भयो । आज बिहान ८ बजे निर्माता रोहित अधिकारीले सामाजिक संजालबाट फिल्मको फस्टलुक रिलिज गरे । नायक अनमोल केसीको जन्मदिनको अवसर पारेर फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । 

तर, जेठको ११ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पुजार सार्की’को टिमले पनि हतार हतारमा नायक पल शाहको तस्वीर रिलिज गरेको छ । पल शाहको गेटअप झल्कने तस्वीर रिलिज गरेर ‘पुजार सार्की’को टिमले प्रतिस्पर्धा सुरु भएको छनक दिएको छ । 

गतबर्ष फिल्म ‘प्रकाश’ रिलिज हुँदा विदेशी फिल्मका कारण शो नपाइएको भन्दै निर्देशक दिनेश राउत र उनको टिमले फिल्म नै उतार्ने चेतावनी दिएको थियो । तर, आउँदो बर्ष भने दिनेश राउत र उनको टिम नेपाली फिल्ममाथि नै ‘को भन्दा को कम’को खेलामा लागेको छ । 

यो फिल्मको निर्माणपक्षले औपचारिक रुपमा प्रदर्शन मिति तय गरेको छैन । तर, मंगलबार फस्टलुक सार्वजनिक गर्दै जेठ ११ गते फिल्म रिलिज हुने जानकारी दिन लागिएको वुझिएको छ । 

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु लगायतका कलाकारको अभिनय छ । 

फिल्मको छायांकन सकिएको २ महिनामै ‘पुजार सार्की’ रिलिज गर्न लागिएको छ । नेपाली फिल्म क्षेत्रमा दुई ठूला र प्रतीक्षित फिल्म एकसाथ रिलिज हुने भएपछि चर्चा सुरु भएको छ ।