अमेरिकामा के गर्दैछन् प्रदीप ?

नायक प्रदीप खड्का विगत केही दिनदेखि अमेरिकामा छन् । फिल्म ‘पुजार सार्की’को छायांकन सके लगतै उनी अमेरिका पुगेका हुन् । 

प्रदीप निर्देशक जीवन थापाको साथमा अमेरिका पुगेका हुन् । जसकाकारण, उनी फिल्म ‘ऐरी’को तयारीका लागि अमेरिका पुगेको स्पष्ट हुन्छ । तर, निर्माणपक्षले यो विषयमा केही पनि बोलेको छैन । 

प्रदीपलाई अमेरिकामा रहेका नेपाली फिल्मीकर्मीहरुले स्वागत गरे । उनलाई निर्माता कृष्ण कोइराला, छायांकार पवन गौतम, व्यवसायी प्रकाश श्रेष्ठ, दिनेश वन र सुसान तिवारी लगायतले स्वागत गरेका थिए । 

प्रदीप अहिले अमेरिकाको मेरी ल्याण्ड राज्यको रियो शहरमा पुगेका छन् । फिल्म ‘ऐरी’का नायक र निर्देशक नै अमेरिका पुगेकाले उनीहरू यही फिल्मको तयारीका लागि सपनाको देश पुगेको वुझ्न सकिन्छ । 

प्रदीप नेपाल फर्किलगतै फिल्म ‘एक्टर’को छायांकनमा व्यस्त हुनेछन् । साथै, उनले ‘पिताम्बर, एक्लो’ लगायतका फिल्ममा पनि काम गर्नुपर्नेछ । यसैले, आउँदो बर्ष पनि प्रदीपको सेड्यूल कसिलो देखिएको छ ।