पक्राउ परेका गायक राई छुटे

गायक राजेश पायल राई छुटेका छन् । उनलाई प्रहरीले बुधबार राती पक्राउ गरेको थियो ।  काठमाडौंको मदन भण्डारी कलेज अगाडि मदिरा सेवन गरेर होहल्ला गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसित ३ जनालाई नयाँ बानेश्वर वृत्तले पक्राउ गरेको हो । 

राजेश पायललाई केही घन्टा प्रहरीले हिरासतमा राखेको थियो । यसपछि, सम्झाई बुझाई गरेर राजेश पायलसहित अन्यलाई पनि छाडिएको प्रहरीले बताएको छ । 

राजेश पायल राईसहित ३ जनाले मदिरा सेवन गर्दै होहल्ला गरेपछि स्थानीय बासिन्दाहरूले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरेपछि प्रहरीले गायक राईसहित उनको साथीहरूलाई पक्राउ गरेको हो । 

आज बिहान राईसहित अन्यलाई सम्झाएर आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।