‘डिग्री माइला’को ‘किन’ गीतमा दया र आँचलको प्रेम

चैत्रको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’को नयाँ गीत ‘किन’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा हेमन्त रानाको शब्द, संगीत तथा स्वर छ । सार्वजनिक लिरिकल अडियो तथा भिडियोमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई र आँचल शर्माको प्रेम देखाइएको छ । 

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्मको यो गीतले दर्शकले मन जित्ने विश्वास गरिएको छ । दर्शकले फिल्मको ट्रेलरलाई मन पराएका छन् । 

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले मास्टर डिग्री पास गरेको एक शैक्षिक बेरोजगार युवाको कथा भन्छ । फिल्मको निर्माणमा कबड्डी फिल्मस् र सुष्मा फिल्मस्ले सहकार्य गरेका छन् ।

फिल्ममा दया र आँचलका साथमा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणी नेपाल लगायतको अभिनय छ । फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने नेपाली उखानलाई ट्यागलाइन बनाएको छ । 

फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार, सुष्मा गुरुङ लगानी छ । फिल्मका कार्यकारी निर्माता निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठ र राइली एस सिनको छायांकन छ ।