‘बलिदान’मा भित्रिइन् ऋचा

फिल्म ‘बलिदान’मा नायिका ऋचा शर्मा फाइनल भएकी छिन् । उनलाई फिल्मको प्रमुख पात्रमा साइन गरिएको निर्माणपक्षले बताएको छ । तर, फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन । 

सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्मको मुख्य भूमिकामा समीर भट्ट फाइनल भइसकेका छन् । साथै, फिल्ममा सौगात मल्ल र अर्पण थापा पनि फाइनल भइसकेका छन् । 

यो फिल्मलाई आगामी बर्षको दशैंमा रिलिज गर्ने तयारी समेत गरिएको छ । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिन्छ भन्ने कथामा यो फिल्म तयार पार्न लागिएको हो । आशुसेन फिल्मस् प्रा.लि तथा सन्तोष सेनको प्रस्तुति रहने यो फिल्ममा निर्माताको रुपमा पवन ब्राडफोर्ड र सह–निर्माताको रुपमा प्रेम पुरी छन् । 

नायिका शर्माले फिल्म ‘डिग्री माइला र मेयर’मा काम गरेपछि ‘बलिदान’मा काम गर्ने तयारी गरेकी हुन् ।