पल र उषाको ‘पिरिम लगाम कान्छी’ सार्वजनिक

गायक बद्री पंगेनी र गायिका चन्दा अर्यालको स्वरमा समावेश लोकगीत ‘पिरिम लगाम कान्छी’ सार्वजनिक भएको छ । यो गीतमा श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत छ ।

गीतको भिडियोमा मोडलहरु पल शाह, उषा उप्रेती र सामिया कार्कीको अभिनय छ । काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको यो भिडियोमा मनोज कार्कीको सम्पादन छ ।

यो गीतमा एक युवाले युवतीलाई माया लगाउन अनुरोध गरेको हेर्न सकिन्छ ।