पुष्प र सोफीको ‘तु लैला लागी रे’

नायक पुष्प खड्का र मोडल सोफी धरेलको नयाँ हिन्दी म्युजिक भिडियो ‘तु लैला लागी रे’ सार्वजनिक भएको छ । उर्गेन दोङको स्वर र संगीत, हरिष धनुषे र दोङकै शब्द रहेको यो गीतलाई एचआरएस इन्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

माया प्रेमको भाव झल्कने यो गीतको भिडियोलाई केशवराज भट्टराईले निर्देशन गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।