निशान र ऋचाको डिभोर्स

गायक निशान भट्टराईको पत्नी ऋचा न्यौपानेसँग डिभोर्स भएको छ । उनीहरुको चैत्र ७ गते डिभोर्स भएको हो । काभ्रे जिल्ला अदालतका न्यायधीस विश्वनाथ भट्टराईको इजलासले उनीहरुबिच सम्बन्ध विच्छेद भएको फैसला गरेको हो ।
सम्बन्ध विच्छेदका लागि दुबै जनाले मिलापत्र गरेका थिए । ऋचाले डिभोर्सका लागि अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
निशान र ऋचाले तीन बर्ष अगाडि अदालतमै बिबाह गरेका थिए । दुई बर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले बैबाहिक जीवनमा परिणत गरेका थिए । तर, उनीहरुको बैबाहिक सम्बन्ध ३ बर्ष पनि टिक्न सकेन ।
‘नेपाल आइडलको सिजन १’ मा फस्ट रनरअप भएपछि निशानको चर्चा चुलिएको हो । उनले, थुप्रै लोकप्रिय गीतहरू गाएका छन् ।
केही दिन अगाडि मात्र गायक राजेश पायल राइको पनि डिभोर्स भएको थियो । राजेश पायलले पनि २ बर्ष अगाडि मात्र बिहे गरेका थिए ।

‘सोल्टिनी’को छायांकन ३६ दिनमा प्याकअप

दिव्यासँग प्रदिपः के बल्ल जोडी सुहाएको हो ?

‘परालको आगो’मा जितु नेपालको इन्ट्री

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

प्रतिक्रिया