सुनिलको ‘कालीगड’मा बेनिशा र रोशनको रोमान्स

गायक सुनिल गिरीको नयाँ गीत ‘कालिगड’ सार्वजनिक गरिएको छ । गीतमा सुनिल र मेलिना राइको स्वर, सुनीलकै शब्द तथा संगीत छ । 

लुम्बिनीमा खिचिएको यो गीतले युवायुवतीले एक अर्कालाई खुलेरै प्रशंसा गरेको सुन्न सकिन्छ । भिडियोमा नायिका बेनिशा हमाल र मोडल रोशन केसीको अभिनय छ । 

आलोक शुक्लाको छायांकन रहेको  भिडियोमा मनोज कार्कीको सम्पादन, विक्रम स्वाँरको निर्देशन छ ।