‘एक्टर’का लागि नेपाल आइन् दिव्या, दिलिपले किने घर

नायक प्रदीप खड्कासँग फिल्म ‘एक्टर’मा काम गर्नका लागि दिव्या रायमाझी नेपाल आइपुगेकी छिन् । एक साता अगाडि नेपाल आएर पनि उनी गुपचुप रुपमा बसिरहेकी छिन् । 

दिव्यालाई फिल्मको टिमले एकैपटक छायांकनको समयमा मिडियासँग भेट गराउने तयारी गरेको छ । नायक दिलीप रायमाझीकी छोरी दिव्याले यही फिल्मबाट रजतपटमा करिअरको सुरुवात गर्दैछिन् । 

दिव्याले फिल्म ‘वरिष्ठ बलराम’ पनि साइन गरिसकेकी छिन् । यो फिल्मको छायांकन भने कहिलेबाट सुरु हुन्छ पक्का छैन । 

यो फिल्मका लागि दिव्याले वर्कशप पनि गरिरहेकी छिन् । फिल्मको छायांकन वैशाखको तेस्रो साताबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । राजन भुसालको निर्देशनमा तयार हुन लागेको फिल्ममा थमन भण्डारीको लगानी छ । 

यसैबिच, नायक दिलीप रायमाझीले काठमाडौंको बाँनेश्वर आसपासमा नयाँ घर किनेका छन् । उनको परिवार २ दिन अगाडि मात्र नयाँ घरमा सरेको वुझिएको छ । 

छोरी दिव्याले नेपाली फिल्म क्षेत्रमा नै करिअर बनाउने तयारी गरेपछि दिलीपले काठमाडौंमा घर किनेका हुन् । 

दिलीप केही बर्ष अगाडि परिवारसहित अमेरिका हानिएका थिए । यसपछि, उनी भने अमेरिका भन्दा नेपालमा नै बढी व्यस्त देखिएका छन् । अब, दिव्या पनि नेपाली फिल्म क्षेत्रमा नै करिअर बनाउने दौडमा छिन् ।