रमितको ‘नमेटिने घाउ’मा माधव नेपाल र ज्ञानेन्द्र शाही

नायक रमित ढुंगानाले पहिलो पटक निर्देशन गरेको फिल्म ‘नमेटिने घाउ’मा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि अभिनय गरेका छन् ।
काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसको प्रांगणमा यो फिल्मको छायांकन भएको हो । नेता नेपालले फिल्मका लागि केही संवाद समेत बोलेका छन् ।
यस्तै, यो फिल्ममा सांसद ज्ञानेन्द्र शाहीको पनि अभिनय छ । शाहीले पनि आज फिल्मका लागि अभिनय गरेका छन् । यो फिल्मले एसिड आक्रमणको कथालाई उठान गरेको छ ।
फिल्ममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहनेछ । नेता नेपालले अभिनय गर्दै एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने संवाद बोले । विद्यार्थीहरूले एसिडको प्रयोगमा रोक लगाउनुपर्ने र एसिड आक्रामणकारीलाई कारवाही गर्नुपर्ने माग राख्दै गरेको प्रदर्शनमा नेता नेपालले सम्बोधन गरेको दृश्य खिचिएको हो ।
यो फिल्मको छायांकन नेपालका विभिन्न स्थानमा भइरहेको छ । निर्माणपक्षले फिल्मका लागि निकै मिहिनेत गरेको देख्न सकिन्छ । अब एक सातामा फिल्मको छायांकन सकिने निर्माणपक्षले बताएको छ ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया