८ बर्षपछि एकसाथ काम गर्दै सुदर्शन र प्रदिप

फिल्म ‘प्रेमगीत’पछि अलग भएका निर्देशक सुदर्शन थापा र नायक प्रदीप खड्का फेरि मिलेका छन् । उनीहरुले अब एकसाथ काम गर्ने पक्का भएको छ । 

सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्मका लागि प्रदीप र सुदर्शनबीच सहकार्य हुन लागेको हो । आज नायक खड्काले थापासँग कागजी संझौता गरेका छन् । 

यो फिल्मको छायांकन तिहारपछि हुने निर्देशक थापाले जानकारी दिए । फिल्मलाई पूर्ण रुपमा लभ स्टोरी कथामा निर्माण गरिनेछ । 

निर्देशक थापाले नायक पल शाह र नायिका पूजा शर्माको साथमा फिल्म ‘रावायण’ तयार गर्दैछन् । यो फिल्मको छायांकन केही दिनमा नै सुरु हुँदैछ । भदौ २१ गते फिल्म ‘रावायण’ रिलिज गरेपछि प्रदीपसँगको फिल्म सुरु गर्ने तयारीमा सुदर्शन छन् । 

फिल्म ‘प्रेमगीत’मा काम गरेपछि नायक प्रदीप खड्का स्टार बनेका थिए । तर, उनीसँग सुदर्शनको सम्बन्ध भने बिग्रिएको थियो । ८ बर्षपछि एकसाथ फेरि काम गर्न पाउँदा थापा र खड्का उत्साहित छन् ।

फिल्ममा नायिका पूजा शर्माको अभिनय रहने चर्चा छ । तर, अहिले नै निर्माणपक्षले नायिकाको बारेमा केही पनि बोलेको छैन ।