‘होस्टेल ३’ निर्माणको घोषणा

फिल्म ‘होस्टेल’को तेस्रो सिरिज निर्माणको घोषणा गरिएको छ । यो फिल्मको तेस्रो सिरिजलाई नयाँ सशान कँडेलले निर्देशन गर्ने भएका छन् । फिल्मको कथा पनि कँडेलले नै लेखेका हुन् ।
यसअघि फिल्म ‘होस्टेल र होस्टेल रिटन्र्स’लाई सुनिल रावलले निर्माता गरेका थिए । तर, तेस्रो सिरिजमा भने उनको लगानी रहने छैन । उनले, आफू महत्वपूर्ण कलाकारको रुपमा रहने गरि सम्मान इन्टरटेन्मेन्टलाई फिल्म बनाउने अनुमति दिएका हुन् ।
सम्मानले आरोन कन फिल्मसँगको सहकार्यमा यो फिल्म बनाउनेछ । यो फिल्मको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्मातामा शंकर कोइराला, सह–निर्माताहरु सुधा महरठ्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन् ।
‘होस्टेल ३’लाई होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरुको भविष्यका घटनाहरूमा आधारित रहेर फिल्म बनाउने तयारी गरिएको छ । यही फिल्मबाट केही नयाँ अनुहारलाई भित्र्याउने तयारी गरिएको छ ।
पहिलो पटक फिल्म निर्देशनमा देखिन लागेका सशान कँडेलले यसअघि म्युजिक भिडियोको समेत निर्देशन गरिसकेका छन् । माधव शर्माले लेखेको यो फिल्मलाई यो बर्षको अन्त्यतिर रिलिज गर्ने तयारी गरिएको छ ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया