‘ह्रस्व दीर्घ’मा हरिहरको यस्तो गेटअप

नायक हरिहर अधिकारीको जन्मदिनको अवसर पारेर फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ लुक्स सार्वजनिक भएको छ । असोजको ११ गतेबाट रिलिजमा आउन लागेको फिल्मको निर्माणपक्षले हरिहरको दुई वटा लुक्स पोस्टरमा समावेश गराइएको छ । 

एउटा तस्विरमा हरिहरले लामो कपाल पालेका छन् । यस्तै, अर्को तस्विरमा भने हरिहरलाई पण्डितको गेटअपमा देख्न सकिन्छ । यसअघि, निर्माणपक्षले कलाकार ब्रमानन्दमको तस्विर मात्र समावेश गरिएको पोस्टर रिलिज गरेको थियो । 

यो फिल्मको तेस्रो चरणको छायांकन अझै बाँकी छ । बाँकी छायांकन मुम्बईमा गर्ने तयारी गरिएको छ । चन्द्र पन्तको निर्देशन रहेको यो फिल्ममा कविरलालको छायांकन, हरिहर अधिकारीको कथा छ । फिल्मको निर्मात्री नायिका नीता ढुंगाना हुन् । 

यो फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ । साथमा केही दक्षिण भारतीय कलाकारको अभिनय पनि यो फिल्ममा हेर्न सकिन्छ । 

यो फिल्मलाई लभ स्टोरी जनरामा निर्माण गरिएको वुझिएको छ । यही फिल्मबाट पहिलो पटक नायिका नीता ढुंगाना निर्मात्री बनेकी हुन् ।