‘मनसरा’को ट्रेलरः छिमेकीको झगडा र प्रेममा जोडिएको सम्बन्धको कथा

फिल्म ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गरेको दोस्रो फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । वैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको ट्रेलरमा मुख्य पात्रहरू दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानलाई देखाइएको छ । 

यो फिल्मले एउटै ठाउँमा बस्ने विभिन्न जातजातिका छिमेकी, उनीहरुको नोकझोक र प्रेमलाई देखाएको छ । फिल्मको ट्रेलर हेर्दा निर्देशकले यसपटक धेरै कुराहरू दर्शकका लागि हलमै हेर्नुपर्नेछ भनेर छाडेका छन् । 

फिल्मको ट्रेलरमा दया र मिरुनाबिचको प्रेम पनि देखाइएको छ । सामाजिक कथावस्तुमा तयार भएको यो फिल्ममा शान्ति गिरी, हेमन्त वुढाथोकी, विप्लव प्रतीक, नीनाहाङ राई, जीवन बराल, सुवासचन्द्र पोखरेल लगायतका कलाकारको अभिनय छ । फिल्ममा शैलेन्द्रध्वज कार्कीको निर्माण तथा छायांकन छ । 

यो फिल्मलाई कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेका हुन् ।