प्रदीपको लाइनअपमा ७ वटा फिल्म, ‘लिलिबिली २’मा पनि काम गर्दै

नायक प्रदीप खड्काको लाइनअपमा ७ वटा फिल्म पुगेको छ । उनले, निर्देशक सुदर्शन थापाको निर्देशन तथा निर्माणमा बन्ने नयाँ फिल्म मंगलबार मात्र साइन गरेका थिए । 

नायक खड्काले फिल्म ‘लिलिबिली २’ पनि साइन गर्ने तयारी गरेका छन् । केही दिनमा नै यो फिल्म साइन गर्ने जानकारी प्रदीपले मेरो फिल्मलाई दिएका छन् । 

फिल्म ‘लिलिबिली’लाई मिलन चाम्सले निर्देशन गरेका थिए । यो फिल्ममा काम गरेपछि प्रदीप र मिलनको सम्बन्ध पनि बिग्रिएको थियो । तर, अहिले उनीहरुको सम्बन्ध सुमधुर छ ।

नायक खड्काले ‘लिलिबिली २’ साइन गरेपछि भने नयाँ फिल्म साइन गर्ने काममा ब्रेक लगाउने बताएका छन् । फिल्म ‘पुजार सार्की’को छायांकन सकेर बसेका प्रदीप अब फिल्म ‘एक्टर’मा काम गर्ने तयारीमा छन् । यसपछि, उनको लाइनअपमा ‘पिताम्बर, ऐरी, एक्लो, लिलिबिली २ र सुदर्शन थापाको फिल्म छ ।’ यी सात वटा फिल्मको काम सक्नका लागि प्रदीपलाई करिब २ बर्ष लाग्नेछ । 

कुनै समय फिल्म साइन गर्न निकै नै गाह्रो मान्ने प्रदीपले अहिले भने धमाधम फिल्ममा काम गरिरहेका छन् । उनले, आफ्नो सम्बन्ध विग्रीएका अधिकांश मेकरसँग अहिले सुमधुर सम्बन्ध बनाइसकेका छन् । जसकाकारण, उनीसँग अहिले मेकरले सहजै काम गर्ने वातावरण समेत बनेको छ । 

गतबर्ष प्रदीपको कुनै पनि फिल्म रिलिज भएन । तर, यो बर्ष उनको ‘पुजार सार्की र रावायण’को रिलिज मिति पक्का भइसकेको छ । अन्य केही फिल्म पनि यसै बर्ष रिलिज हुने संभावना बलियो छ ।