फिल्म खेल्न हिडेकी ‘मिस पबी’ कमेडी शोमा

केही म्युजिक भिडियोमा काम गरेर राम्रै चर्चा पाएकी मिस पबीले काम गर्ने भनिएको फिल्म ‘राजमहल’ निर्माण नै हुन सकेको छैन । पाँच तारेमा भव्य कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको फिल्मको काम सुरु हुनै सकेन ।

यदि, यो फिल्मको काम समयमै भएको भए आजसम्म छायांकन सकिने  थियो । तर, अहिलेसम्म फिल्मको छायांकन सुरु हुन सकेको छैन । 

यो फिल्मबाट टिकटक हुँदै म्युजिक भिडियोमा जमेकी मोडल ‘मिस पबी’ले पनि काम गर्ने पक्का भएको थियो । ‘मिस पबी’लाई पनि यो फिल्ममा काम गरेर फिल्म क्षेत्रमा प्रवेश गर्ने ठूलै चाहना थियो । 

तर, फिल्मको भव्य घोषणा भएपनि काम सुरु हुन सकेन । फिल्मको काम सुरु हुन नसकेपछि मिस पवी अब कमेडी रियालिटी शोतर्फ लागेकी छिन् । विक्की अग्रवालले निर्माण तथा निर्देशन गरेको ‘कमेडी दरबार’मा उनी काम गर्दैछिन् ।

यो शोमा उनको भूमिका के हुने भन्ने खुलेको छैन । तर, फिल्मको दौडमा रहेकी ‘मिस पवी’लाई दर्शकले अब रियालिटी शोमा हेर्न पाउने भएका छन् ।