छाडा शब्दले भरिएको भिटेनको नयाँ गीत ‘डन्ट जज मि’

र्‍यापर भिटेनले आफ्नो युट्युब च्यानल ‘भिटेन म्यूजिक’मा नयाँ गीत ‘डन्ट जज मि’ सार्वजनिक गरेका छन् । उनको यो गीत सार्वजनिक भएको केही साता भइसकेको छ । जसलाई साढे १७ लाख भन्दा बढी भ्यूज मिलेको छ भने १० हजार भन्दा बढी प्रतिक्रिया गीतमा आएका छन् । 

सार्वजनिक गीतमा छाडा र अश्लील शब्दहरु प्रशस्तै प्रयोग गरिएको पाइन्छ । भिटेन बारम्बार यस्तै शब्दहरु प्रयोग गरेर गीत तयार पार्दा विवादमा आउने गरेका छन् । यसपटक पनि उनको गीतमा अश्लील शब्दको प्रयोग धेरै भएको पाइन्छ । 

तर, गीत हेर्ने र सुन्नेहरूले गीतमा समर्थन बढी जनाएका छन् । गीतका शब्दहरूमा प्रतिक्रिया दिनेहरूले खासै आपत्ति जनाएको पाइँदैन । बरु, भिटेनको गीत बजारमा आएको भन्दै उनीहरुले खुशी व्यक्त गरेका छन् । 

यो गीतको भिडियोमा भिटेन आफैले अभिनय गरेका छन् । गीतमा अभियान थापा र राजिभ शेरचनको छायांकन छ । भिडियोको निर्देशन पनि समीर घिसिङ ‘भिटेन’ले नै तयार पारेका हुन् । गीतको भिडियोमा १ लाख ४३ हजार भन्दा बढीले लाइक गरेका छन् । 

गीतमा भिटेनले आफ्नो जीवनको पीडालाई बढी बयान गरेका छन् । उनले, आफू कुन परिस्थितिबाट अगाडि बढेको हुँ भनेर गीतमार्फत भन्न खोजेका छन् ।