बेबी बम्पको सुरक्षा गर्दै रणवीरसँग मतदान गर्न पुगिन् गर्भवती दीपिका

दीपिका पादुकोणले आफ्नो गर्भावस्थाको घोषणा गरेदेखि नै उनले सार्वजनिक स्थान र सामाजिक सञ्जालबाट टाढा आफ्नो बेबीमुन मनाइरहेकी छिन् । यसैबीच दुवैजना समय निकालेर आफ्नो मताधिकार प्रयोग गर्न आएका थिए । दीपिका भीडमा आफ्नो बेबी बम्पलाई जोगाउँदै देखिएकी थिइन् । 

देशमा लोकसभा चुनाव हुँदैछ । मुम्बईमा आज पाँचौं चरणको मतदान जारी छ । सोमबार बिहानैदेखि बलिउड स्टारहरु मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकारको प्रयोग गरिरहेका छन् । यो लिस्टमा अक्षय कुमार, अनुपम खेर, धर्मेन्द्र, सलिम खान लगायतका धेरै चर्चित सेलिब्रेटीहरू छन्। अब अभिनेता रणवीर सिंह पनि भोट हाल्न आएका छन् । उनको साथमा गर्भवती पत्नी दीपिका पादुकोण पनि देखिएकी थिइन्, जो भीडमा आफ्नो बेबी बम्पको सुरक्षा गर्दै देखिएकी थिइन् । 

दिपिका पादुकोण र रणवीर सिंह करिब १ बजे मतदान केन्द्र पुगेका थिए । दुवैले सेतो रंगको लुगा लगाएका थिए । दीपिकाको बेबी बम्प पहिलो पटक स्पष्ट देखिन्थ्यो । दीपिकाले सेप्टेम्बर महिनामा अर्थात चार महिनापछि पहिलो सन्तानलाई जन्म दिने बताइएको छ ।

रणवीर र दीपिका मतदान गरेपछि मतदान केन्द्रबाट बाहिर निस्कने बित्तिकै पापाराजी र उनका फ्यानहरूको भीड जम्मा भयो। यस्तो अवस्थामा रणवीर आफ्नी श्रीमतीलाई बचाएर कारमा बस्न लगाएका थिए ।