‘फर्की फर्की’को ओपनिङ कति होला ?

भोलि बिहिबारबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’को ओपनिङ कति होला ? फिल्म क्षेत्रका पण्डितदेखि दर्शकले समेत अहिलेसम्म यो फिल्मको ओपनिङ कति होला भनेर प्रक्षेपण गर्न सकेका छैनन् ।

यो फिल्मले देशभरका हलमा करिब २ सय शोज पाएको छ । यसैले, भोलि बिदाको दिनमा फिल्मले उच्च अकुपेन्सीका साथ व्यापार गरेको खण्डमा ओपनिङ सुखद हुने देखिन्छ । 

रोहित अधिकारीको निर्माणमा सुयोग गुरुङ निर्देशित यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ जस्ता कलाकार छन् । अनमोल केसीको स्टारडमको चर्चा सधैं हुने गर्दछ । यसैले, अनमोलको स्टारडमको मापन समेत यो फिल्मले गर्नेछ । 

विशेष शोमा समेत फिल्म हेरेका केही फिल्मीकर्मीहरुले यसको खुलेरै तारिफ गरेका छन् । तर, फिल्मको समीक्षाको पर्खाइमा दर्शक रहेको पाइन्छ । फिल्मको औषत बुकिङले पनि यही कुरा बताउँछ । 

फिल्मले १ करोड भन्दा माथिको ओपनिङ गर्न आवश्यक छ । बिहिबारको बिदा, अनमोल केसीको स्टारडम, ट्रेलरको उच्च हाइप आदि कारणले पनि फिल्मले १ करोड माथिको ओपनिङ गर्न आवश्यक छ । ‘पुजार सार्की’सँगको शोज बाँडफाँडको घाटा यो फिल्मको ओपनिङमा हुने देखिन्छ ।

तर, फिल्मले बलियो वर्ड अफ माउथ पाएको खण्डमा अनमोल केसीको करिअरकै नयाँ व्यापारिक रेकर्ड राख्न सक्छ ।