दर्शक र मेकरको भरोसा जोगाउनुपर्ने चुनौतीमा आँचल

नायिका आँचल शर्माले केही दिन अगाडि काठमाडौंमा आयोजना गरिएको ‘डी सिने अवार्ड’मा ‘उत्कृष्ट नायिका’को अवार्ड जितिन् । वि.सं २०७९ सालमा रिलिजमा आएको फिल्म ‘झिँगे दाउ’बाट उनले यो अवार्ड प्राप्त गरेकी थिइन् । 

अवार्ड प्राप्त गरेपछि आँचल निकै उत्साहित देखिइन् । दर्शकले आँचलले यो फिल्ममा गरेको कामको प्रशंसा समेत गरेका थिए । 

आँचल शर्माले उत्कृष्ट नायिकाको अवार्ड पाइरहँदा यसलाई जोगाउनुपर्ने चुनौती समेत उनीसँग छ । अहिले आँचलको क्रेज चुलिएको छ । उनको हातमा फिल्मको लामो लाइन छ । 

फिल्म ‘डिग्री माइला’बाट आँचललाई खासै फाइदा त भएन । तर, पनि आँचलको हातमा फिल्मको लामो लाइन छ । ‘पिताम्बरदेखि दुःखी आत्मा’को छायांकन सक्नुपर्ने दौडमा उनी छिन् । ‘बर एण्ड बधु’को छायांकन अझै केही दिन बाँकी छ । फिल्म ‘एक मुठ्ठी बादल’को छायांकन उनले सकाइसकेकी छिन् । 

आँचलमाथि फिल्म क्षेत्रको भरोसा देखिएको छ । यो भरोसालाई उनले जोगाउन सकिन् भने उनको करिअर अझै माथि जान सक्ने देखिन्छ ।