बलियो वर्ड अफ माउथसहित ‘फर्की फर्की’को आक्रामक सुरुवात
![](https://snowberry.prixacdn.net/media/gallery_folder/farki%2520farki%2520hall%2520report_bGaxkR99Ss_cu66tcecnek2afir5fpp1yjgoc4fxkvunvel3wqbqe6d5ps1mlyz5nm86s7k_Js4HJjhWtK_9unv3jhxgrasxvygk2jsfa1k46jxu6991n9czlrznozgmb7o2k2je9z9b42k.jpg)
आज बिहिबार बुद्ध जयन्तीको अवसर पारेर रिलिजमा आएको फिल्म ‘फर्की फर्की’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ । आज बिहानबाटै हलमा दर्शकको चाप सुखद देखिएको छ ।
मध्यान्हपछि भने फिल्म हेर्ने दर्शकको चाप हलमा उच्च देखिएको छ । बेलुकीदेखि रातीसम्मका शोजहरुमा समेत बूकिङ बलियो छ । यसले, फिल्मको ओपनिङ आक्रामक हुने पक्का छ ।
फिल्मका वितरक गोविन्द शाहीले देशैभर फिल्मको व्यापार आक्रामक रहेको सुनाए । उनले भने–‘बिहानैदेखि देशभर दर्शकको चाप उच्च छ । आज बिहिबार भएपनि हलमा दर्शकको चापले सुखद सन्देश दिएको छ । किनकी, बिहिबार कमै मात्र फिल्म चलेको उदाहरण छ ।’
फिल्मले बिष्फोटक व्यापार गरेपछि नायक अनमोल केसी खुशी देखिएका छन् । मिडियासँग कुराकानी गर्दै उनले दर्शकको साथले आफू निकै खुशी भएको र आगामी दिनमा अझै राम्रो काम गर्ने बताए ।
नायिका जसिता गुरुङले पनि फिल्मलाई लिएर दर्शकले देखाउनु भएको मायाले आफू भावुक भएको सुनाइन् । नयाँ कलाकार रवि काफ्लेलाई पनि दर्शकले निकै रुचाएका छन् । रविले पनि पहिलो फिल्मबाट राम्रो प्रतिक्रिया पाएको बताए ।
रोहित अधिकारीको निर्माणमा सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले बिष्फोटक व्यापार मात्र गरेको छैन, दर्शकको बलियो वर्ड अफ माउथ समेत पाएको छ । फिल्मको कथावस्तु, मेकिङ, संवाद र कलाकारको अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।
फिल्मले आगामी दिनमा आक्रामक व्यापारलाई निरन्तरता दिने देखिएको छ ।
![‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Nephop%2520final%2520image%2520%2520copy_yoesDdG3Mo_ptsea8hdeuc7qggzf1s4lsfzgujbubonord4cpj0hdc8xetgeyibkjhxd6z8_ENncIEj2jf_4hddhivaqqc4o0edysf4xwptutzzyizjjypku177aeuzjoega9j36yn3cblp.jpg)
‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु
![आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?](https://snowberry.prixacdn.net/media/gallery_folder/bar%2520and%2520badhu_pK5Ut4EdfA_bglcx7adpp5bayv8saxrggqwud9vkgyytlfueeuwoi9tffjkqs2keduajyli_0touEOXCIb_zb0hfwmgzranbeltffs1t549cvgdpa8bl1p2u2fd8umdpdiv5yvrqgfbynbn.jpg)
आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?
![बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/bhuwan%2520kc_Wkmnf0wViv_jhpefzrn6ico0ruwyoczfyutambsukrwq61jtlumxuz2phxwobl9clcesf3w_avaB2nm1F6_nkgpgfkw34grwyygicxxczxlvcwkikfftv2bvesjcqwamoacu4sk4vtlrvm1.jpg)
बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’
![‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’](https://snowberry.prixacdn.net/media/gallery_folder/karm%2520movie_VujH3IhZIU_cwhzwdiojeclzx6vznspgthtzzrrqjwgqpjzotw1bczkdpnamgismh4drntw_QYM3GfHi4g_9im9coohmy1tncge0mmiv0wozqqvtv1bmyxk2m6q6rajbyizuzmmkrzyksp2.jpg)
‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’
![भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल](https://snowberry.prixacdn.net/media/gallery_folder/purna%2520bhahadru%2520ko%2520sarangi_ao6WLpXeeb_jsne2lep8t5irwfancnhdfvo8nttae3twdzgplmyxl9msbkht3kyhh8ui68f_OqFsAxwIZK_cvwgkta4hh7yeuilc68qfzmxvencsx98qf4xoea4xkbutk5zm8m911dv5ioc.jpg)
भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल
![के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/naren%2520khadka_LhN2EkwyR5_lvs9etxkcndrbumytnojzsauafvkpeepb6ibgmztmec4zpocuz0ef5yxgxar_kPTRbj8LXs_xdp9qb1xizevertoctae6wybjieooxr8qtxrj36h8p5cfn3qbfbxkbrww8m1.jpg)
के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?
![सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/saroj%2520khanal_dkPv25PDxg_r8r4giwpg5nxlkstiuewcwlahchnibtqe04octs8jtgcemsouvgztbzrqtvr_piRw3Bn4C2_ytqiqsqbhspa8iuslmchzltjgszhdyaixhzmswcvyxkxictijtsrsl3sqk71.jpg)
सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’
![‘नम्बरी सुन’को ट्रेलरमा प्रेम र द्धन्द्धको कुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/numberi%2520sun_yKagEjcRzf_lqhltr5hdr8chwiuys1b7yqigam4oxljpqrvmfjdvunguu0jiewo8axkau3o_gMAKWtgsnC_camis7yawtw6uxqhxcotllk8jd9u4uxqwa7anclupkrwwsauqtfkdb0bifi9.jpg)
प्रतिक्रिया