‘गाउँ आएको बाटो’को मन छुने ट्रेलर

जेठको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । अमोद राई र नबिन सुब्बाको निर्माणमा तयार भएको यो फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रशन राई, प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राई लगायतका कलाकारको अभिनय छ । 

नबिन सुब्बाको निर्देशनमा तयार भएको फिल्ममा महेश राइको कथा, राई र सुब्बाको पटकथा, जोश हेरुमको डीओपी, कवान पुन लेउंगको सम्पादन छ । 

फिल्मको ट्रेलरले बाबु र छोराको कथा भन्छ । गाउँमा गाडी पुगेपछि बाबु र छोराको सम्बन्धमा आउने उतारचढावको कथा यसले भनेको छ । 

फिल्मको ट्रेलरले दर्शकलाई आकर्षित गर्ने देखिन्छ । यसैले, यो फिल्मको बक्स अफिस कलेक्शन पनि सुखद हुने अपेक्षा गर्न सकिन्छ । 

विभिन्न अन्तराष्ट्रिय महोत्सवमा समेत प्रशंसा र अवार्ड पाएको यो फिल्मलाई नेपाली दर्शकले पनि रुचाउने विश्वास गरिएको छ ।