किन चल्दैछ सौगात र श्रृष्टीको प्याचअपको चर्चा ?

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठको लामो समयको प्रेममा ब्रेक लाग्यो । बिहे गर्नका लागि तयार भएको यो जोडी छुटिँदा सबैले अचम्म मानेका थिए । 

तर, फिल्म ‘भाइरल गोर्खे’मा काम गरेपछि भने यी दुई नजिक भएका छन् । फिल्म ‘रेड सुटकेस’मा काम गर्दाको समयमा समेत यी दुबैविच बोलचाल नभएको बताइन्छ । 

तर, फिल्म ‘भाइरल गोर्खे’को सेटबाट श्रृष्टीले एक भिडियो सार्वजनिक गरेपछि यी दुइको प्याचअपको चर्चा पनि चलेको छ । 

तर, श्रृष्टीले सार्वजनिक गरेको भिडियोमा यी दुई एकसाथ उभिएका मात्र छन् । निर्माणपक्षले भने श्रृष्टी र सौगातले पुराना कुरा बिर्सिएर काम गरेको बताएको छ । 

बिहेका लागि तयार भइसकेको यो जोडी अलग हुँदा फिल्म क्षेत्रलाई नै नरमाइलो मानेको थियो । तर, एकसाथ फिल्ममा काम गरेपछि यी दुईले व्यावसायिक सम्बन्धलाई अगाडि बढाएको देखिन्छ ।