‘लण्डन टू पेरिस’ चलेन, तर चल्दैछन् निश्चल

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘लण्डन टू पेरिस’ले बक्स अफिसमा निकै कमजोर व्यापार गर्यो । यो फिल्मले आइतबारदेखि नै बक्स अफिसमा दम तोडेको छ । 

शुक्रबार र शनिबारसमेत फिल्म हेर्नका लागि हलमा दर्शक आएनन् । शनिबार निर्माणपक्षले केही हलमा आफै दर्शक बटुलेर हाउसफुल देखाउने कोशिश नगरेको भने होइन । तर, पनि दर्शक हलसम्म आएनन् । 

यो फिल्म बक्स अफिसमा असफल हुने बाटोमा छ । तर, यो फिल्मबाट नव–नायक निश्चल खड्का भने उदाएका छन् । फिल्म चलेपछि निश्चलले मात्र प्रशंसा बटुलिरहेका छन् । 
निश्चलको अभिनय, उनको संवाद बोल्ने शैली र आवाजको चौतर्फी तारिफ भइरहेको छ । नेपाली फिल्म क्षेत्रले निश्चललाई एक रोमान्टिक नायकको रुपमा पाएको टिप्पणी पनि भइरहेको छ । 

विशेष श्रोतका अनुसार, निश्चल अब एक नाम चलेको ब्यानरमा काम गर्ने तयारीमा छन् । निश्चललाई एक हिट फिल्मको सिक्वेलबाट अफर आएको वुझिएको छ । 

फिल्मको टिजर र ट्रेलर रिलिज भएपछि निश्चलको चर्चा भएको थिएन । तर, फिल्मको प्रिमियर र विशेष शोपछि भने उनी लाइमलाइटमा छन् । 
नेपाली फिल्म क्षेत्रमा नायकहरूको अभाव भइरहेको समयमा निश्चलले केही हदसम्म भएपनि यसलाई पूर्ति गर्न सक्ने देखिएको छ ।