‘प्रिमियर’मा ‘मोदीबेनी’ले कस्तो पायो प्रतिक्रिया ?

भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मोदीबेनी’को प्रिमियर काठमाडौंमा गरिएको छ । फिल्मीकर्मी, पत्रकार र फिल्मका टिमको उपस्थितीमा यो फिल्मको प्रिमियर सम्पन्न भएको हो । फिल्मको प्रिमियरमा मुख्य नायक अमरप्रताप श्रेष्ठ, नायिका वर्षा सिवाकोटी आकर्षणको केन्द्रमा रहेँ । यस्तै, फिल्मकी नायिका रेजिना उप्रेती, नव–कलाकार स्नेहा भट्टराई पनि आकर्षमा देखिए ।
साथमा फिल्मका अन्य कलाकारहरु प्रवीण खतिवडा, दिलिप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, रोजी श्रेष्ठ, पूजन श्रेष्ठ लगायतको उपस्थिती थियो ।
यस्तो, फिल्म हेर्नका लागि सभासद् सोभिता गौतम, कलाकारहरु निर्मल शर्मा, रमेश उप्रेती, विजय बराल, अन्जना बराइली, मुकुन भुसाल, दीपाश्री निरौला, निर्देशक शोभित बस्नेत, कमेडियन हिमेश पन्त लगायत पुगेका थिए ।
ट्रेलर सार्वजनिक भएपछि नै चर्चामा रहेको यो फिल्म हेरेर अधिकांशले सुखद प्रतिक्रिया दिए । विशेषगरि, फिल्मको दोस्रो हाफले बढी तारिफ पायो । कलाकारहरु मुकुन भुषाल, विजय बराल, निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा लगायतले पनि फिल्मको खुलेरै तारिफ गरे ।
फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाएपछि शुक्रबार यसले व्यापार पनि राम्रो गर्ने देखिएको छ ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया