‘बेहुली फ्रम मेघौली’ले ओटीटीमा कमायो ४४ लाख
ब्ल्याकहर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले ओटीटीमा ४४ लाखको कमाइ गरेको छ । ओटीटीमा यो फिल्म प्रदर्शन गरेको ४८ घण्टामै ४४ लाखको कमाइ गरेको हो ।
साजन काफ्ले र आकाश बराल निर्देशित यो फिल्मलाई शुक्रबारदेखि एमएसएम भिडियो नामक ओटीटी प्लाटफर्ममा रिलिज गरिएको थियो । फिल्म प्रदर्शन भएको छोटो समयमै वैकल्पिक प्लाटफर्मको रुपमा ओटीटीबाट भएको यो कमाइ निकै राम्रो हो ।
३० वर्ष उमेर पुगेकी युवतीको कथामा निर्माण गरिएको यो फिल्म हेर्नका लागि एक दिनलाई २९८.२० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, हप्तादिनको लागि ४२० रुपैयाँ निर्धारणा गरिएको शुल्क तिरेर फिल्मलाई ओटीटीमा हेर्न सकिनेछ ।
अभिनेत्री स्वस्तिमा खड्काले निर्माण गरेको यो फिल्ममा स्वस्तिमाका साथमा निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्ररन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरू विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ।
फिल्मको कार्यकारी निर्मातामा फिरोज खड्का र शंकर पाण्डे छन्।
प्रतिक्रिया