हरर फिल्म ‘ममी’ को टिजर सार्वजनिक
हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर सार्वजनिक भएको छ । फिल्मले परिवारको प्रिय कुकुरको निधन पश्चात् छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढङ्गले परिवार निम्तिने काला विपत्तिको शृङ्खला र त्यसले विगठन उन्मुख हुन थालेको परिवारको कथा पेस गर्छ ।
माघ २५ गते रिलिज हुने फिल्ममा प्रियङ्का कार्की, दिया मास्के तथा सुलक्षण भारतीको प्रमुख भूमिका रहेको छ । फिल्ममा उनीहरूका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको डेब्यु निर्देशन रहेको छ । फिल्मका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्माता सुमन कोइराला रहेका छन् ।
‘ममी’को छायाङ्कन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसै गरी पार्श्व ध्वनिमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आर पि रङ्ग संयोजनमा दीपेश चौधरी तथा सङ्गीतकारमा एसडी योगी रहेका छन् । फिल्ममा काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दै छन् ।

‘फेरि रेशम फिलिली’को रमाइलो टिजर

‘लाज शरणम्’को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

‘सारंग’ मेरो करिअरको दोस्रो इनिङः ऋचा शर्मा

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

बाबु छोरीको प्रेम र सङ्घर्ष देखाइएको '‘रङ्गी’' टिजर

प्रतिक्रिया