‘कार्साङ’ रिलिज भएपछि बल्ल हल पुगे दयाहाङ

फिल्म ‘कार्साङ’को प्रिमियरमा उपस्थित नभएर आलोचना भोगेका नायक दयाहाङ राई रिलिज भएपछि भने हल पुगेका छन् । बुधवार आयोजित फिल्मको प्रिमियरमा दया उपस्थित थिएनन् । यसपछि, उनको चर्को आलोचना भएको थियो ।
तर, शुक्रबार बिहानै भने उनी दर्शकसँग फिल्म हेर्नका लागि काठमाडौंको एफक्यूब हल पुगेका छन् । उनको साथमा फिल्म अन्य दुई कलाकारहरू जितु नेपाल र सिर्जना निङलेखु पनि हल पुगेका थिए ।
यम शेर्पाको निर्देशनमा तयार भएको यो फिल्ममा दीया मास्के पनि छिन् । फिल्मले शेर्पा समुदायको कथा भन्छ ।
‘कार्साङ’ले बिहानैबाट दर्शकको राम्रो प्रतिक्रिया पाएपछि कलाकारहरू पनि खुशी देखिएका छन् । दयाले फिल्म मन पर्यो भने सबैलाई भनिदिन आग्रह गरे । दयाले, ‘कार्साङ’ले भन्न खोजेको कथा, विषयलाई दर्शकले मन पराउनुहुन्छ भन्ने आफूलाई लागेको र सो अनुसार पाएको तर्क गरे ।
साथै, कलाकार जितु नेपालले पनि दर्शकले बिहानैबाट फिल्म मन पराइदिएको भन्दै धन्यवाद दिए । जितुले अगाडि भने–‘यो एउटा फिल्म मिस भयो भने एउटा कल्चर मिस हुन्छ । यो फिल्म हेरेपछि दर्शकले काटमारको कुरामा गम्भीर हुनुहुन्छ भन्ने लागेको छ ।’
यो फिल्मले देशभरका हलमा सुखद शोज पाएको छ । फिल्मले बिहानबाट औषत ओपनिङ गरेको छ ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया