‘तेल भिसा’ले मनायो ५१ दिन

मंसिरको ७ गतेबाट रिलिजमा आएको फिल्म ‘तेल भिसा’ले आज ५१ दिन पुरा गरेको छ । यो बर्ष ५१ दिन पुरा गर्ने ‘तेल भिसा’ पाँचौ फिल्म हो । यसअघि ‘बोक्सीको घर, घर ज्वाइँ, १२ गाउँ, पूर्ण बहादुरको सारङ्गी’ले ५१ दिन पार गरेका थिए ।
विभिन्न बाधा अड्चन पार गर्दै यहाँसम्म आइपुगेको भन्दै फिल्मका निर्देशक शंकर घिमिरे र नायिका तथा निर्मात्री ऋचा घिमिरेले दर्शकलाई धन्यवाद दिएका छन् । यो फिल्मले क्यूएफएक्स, एफक्यूब, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, वान सिनेमाज्, डीम्याक्स सिनेमाज्, फ्रेन्ड्स सिनेमाज्, सिने रोयल लगायतका हलमा ५१ दिन मनाएको हो ।
दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ रिलिज हुँदा यसको शोजहरु खुम्चिएको थियो । तर, पछि साउथ फिल्मको क्रेज कम हुँदै गएपछि नेपाली फिल्म ‘तेल भिसा’को शोज बढेको थियो । यो फिल्ममा विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, वुद्दि तामाङ, सुचित्रा उप्रेती लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, अजय खड्काको सम्पादन छ ।
निर्माणपक्षले नेपालबाट फिल्मले कति कमायो भन्ने खुलाएको छैन ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया