महोत्सवमा पलको ‘मायाबी’ प्रचार

नायक पल शाहको माग ‘महोत्सव’मा उच्च छ । उनी लामो समयदेखि महोत्सवमा दौडधूप गरिरहेका छन् । महोत्सवमा पल शाह पुग्दा हजारौं दर्शकको भीड हुन्छ ।
तर, नायक पल शाह अहिले महोत्सवमा आफ्नो भिडियोको मात्र होइन फिल्म ‘मायाबी’को प्रचारमा पनि व्यस्त छन् । बेनीमा पुगेर फिल्मको दोस्रो गीत ‘टलटल’ सार्वजनिक गरेका पलले बारामा सोही गीतमा दर्शकसँग नृत्य गरे ।
पलले दर्शकलाई फिल्म हेर्नका लागि आग्रह समेत गरे । हजारौं दर्शकमाझ पलले फिल्मको गीतमा नाच्दा दर्शक पनि उत्साहित देखिएका थिए । नायक शाहले ‘मायाबी’ एउटा विशुद्ध प्रेमकथा र मित्रताको कथामा बनेको फिल्म भन्दै दर्शकलाई हेर्न आग्रह गरेका थिए ।
फिल्मको दोस्रो गीत ‘टलटल’लाई दर्शकहरुले रुचाइरहेका छन् । यसैले, अहिले महोत्सवमा यो गीतको पनि माग बढेको पलको भनाई छ ।
दिवाकर भट्टराईको निर्देशनमा तयार भएको यो फिल्म फागुनको १४ गतेबाट रिलिजमा आउँदैछ । फिल्ममा पलको साथमा दीपिका प्रसाँई, सुशील सिटौला, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, नव–नायक समिम खान लगायतका कलाकारहरूको अभिनय छ ।
दर्शकले लामो समयदेखि एक विशुद्ध प्रेमकथामा बनेको फिल्म हेर्न नपाइरहेको समयमा ‘मायाबी’ रोजाइमा पर्ने विश्वास निर्माणपक्षको छ ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया