कार्सांङ दयाको यस वर्षकै कमजोर फिल्म

दयाहाङ राई अभिनीत फिल्म ‘कार्साङ’ले घरेलु बक्स अफिसमा पहिलो साता कमजोर व्यापार गरेको छ । फिल्मले यस अवधिमा डेढ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ ।
यो कमाइ अभिनेता राईको यस वर्ष रिलिज फिल्ममध्ये सबैभन्दा कमजोर व्यापार हो । याम शेर्पा निर्देशित यो फिल्म अभिनेता राईको ६ महिनापछिको रिलिज हो । पहिलो साता फिल्मले देशव्यापी १०० भन्दा बढी शो प्राप्त गरेको थियो । तर व्यापार भने सन्तोषजनक देखिएको छैन ।
निर्माताले टिकटकमा फिल्म पाइरेसी हुनु जस्ता सस्ता कारणलाई फिल्मको कमजोर व्यापारको रूपमा अघि ल्याएका छन् । तर आफ्नो मेकिंगमा भएको कमजोरीलाई भने नजरअन्दाज गरेको देखिन्छ ।
‘डिग्री माइला’देखि ‘कार्साङ’सम्म आइपुग्दा यस वर्ष राईका ५ फिल्म रिलिज भएका छन् । जसमध्ये ‘कार्साङ’को व्यापार सबैभन्दा न्यून हो । यस वर्ष अभिनेता राईका ‘डिग्री माइला’, ‘नमसार’, ‘गाउँ आएको बाटो’, ‘घर ज्वाइँ’ प्रदर्शनमा आएका थिए । ‘दुखी आत्मा’, ‘अन्जिला’, ‘राजागञ्ज’, ‘पिताम्बर’, ‘भूठान’ प्रदर्शन तयारीमा छन् ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया