विकास बोर्डले सार्वजनिक गर्यो कथा सङ्ग्रहालयको नतिजा

चलचित्र विकास बोर्डले कथा सङ्ग्रहालय (स्टोरी बैङ्क)को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार ७ कथानक र १० छोटा फिल्म कथा बैङ्कका लागि छनोट भएका छन् ।
कथानकतर्फ गणेश खत्रीको ‘झोलुङ्गे’, पुरु लम्सालको ‘घटवारे’, माधवराज खरेलको ‘मृत्यु कोष’, दुर्गा कार्कीको ‘मैलो म’, दिलबन्धु यादवको ‘सियाही’, तुलराज शाहीको ‘फूलमाया’, अनिल कुर्मीको ‘मोथा’ छन् । छोटो फिल्मतर्फ उद्धव अविदितको ‘हराएको मान्छे’, श्यामबहादुर लिम्बुको ‘मानिस हराएको सूचना’, गोपाल आचार्यको ‘जन्मदिन’, किरण श्रेष्ठको ‘दोभान’, किशोरकुमार अधिकारीको ‘सारङ्गी गाउँको’, सरिता साहको ‘मनकी’ छन् । साथै, छोटो फिल्मतर्फ योगेन्द्रराज रानाको ‘लेडी इन ब्लु सारी’, विमल पौडेलको ‘टाटु’, राजन कठेतको ‘अक्सिजन’ र निराकारभक्त राईको ‘सुरिलो रुख’ छन् ।
यथार्थपरक, सिर्जनात्मक एवं मौलिक कथा, पटकथा, संवादको माध्यमबाट फिल्मलाई सबल, सशक्त, गुणस्तरीय बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको विकास, विस्तार, प्रवर्द्धन र सम्वद्र्धन गर्न उत्कृष्ट स्क्रिप्टको छनोट गरी स्क्रिप्टका लेखकलाई प्रोत्साहन तथा चलचित्र निर्माणमा सहकार्य÷सहयोग गर्ने कार्यक्रम अनुसार फिल्म छनोट गरिएको बोर्डले जनाएको छ ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया