फिल्म सारंगको 'तिमी नै हौ' सार्वजनिक
फिल्म ‘सारंग’को गीत 'तिमी नै हौ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बाल कलाकार आदित्य कार्की र सम्राट थापाको अब्बल अभिनय देख्न सकिन्छ । भिडियोमा रिचा शर्मा उत्पल झा लगायतलाई समेत प्रस्तुत गरिएको छ। सुमन सिंगलेले लेखेको गीतमा देवेन्द्र बरालको स्वर छ । शङ्कर थापा स्माईलको सङ्गीत रहेको गीतमा विषम आचार्यको सङ्गीत संयोजन रहेको छ ।
प्रशान्त तामाङ निर्देशित फिल्म आउँदो माघ २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने छ । कोरियोग्राफरको रूपमा परिचित निर्देशक तामाङ स्वयम्को लेखन रहेको सिनेमामा सम्राट, आदित्य, उत्पल र ऋचासँगै, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जङ्ग केसी, प्रभात श्रेष्ठ लगायतको अभिनय रहेको छ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह निर्माता रहेको फिल्मका गीतमा शङ्कर थापा ‘स्माइल’ र नकुल कार्कीको सङ्गीत, डिपी खनालको गीत र सुष्मा राईको कोरियोग्राफी रहेको छ । फिल्मको डिओपी गोपाल राय हुन् । मित्र डी गुरुङले सम्पादन गरेको फिल्म स्टेसन ५ ले वितरण गर्दै छ ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया