कोरोना संक्रमणले स्वास्थ्य जटिल बनेपछि अभिनेता निक कोर्डेरोको दाहिने खुट्टा काटियो

केहि समय देखि कोरोना संग लडिरहेका ब्रोडवे अभिनेता निक कोर्डेरोको दाहिने खुट्टा काटिएको छ । उक्त खुट्टामा रगत जम्ने समस्या देखिए पछि अवस्था झन जटिल हुन पुगेको र खुट्टा काट्नुपर्ने भएको बताइएको छ । कोरोनाको कारण उक्त जटिलता देखिएको हो । उनि दुइ हप्ता भन्दा बढी समय देखि लस एन्जेलस स्थित सेडार्स-सिनाइ मेडिकल सेन्टरमा उपचार गराइरहेका छन् ।

शनिबार खुट्टा काटिएपछि स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनकी पत्नी एमाण्डा क्लुट्सले जानकारी दिएकी छिन् । एमाण्डाले पहिले देखिनै लगातार निकको स्वास्थ्य अवस्था बारे जानकारीहरु दिईरहेकी छिन् ।

निकले सन् २०१४ मा ‘बुलेट्स ओभर ब्रोडवे’ मार्फत ब्रोडवेमा डेब्यु गरेका थिए । यहि शो मा उनले गरेको चिच नामको चरित्रका लागि उनि टोनी अवार्ड्समा मनोनित समेत भएका थिए ।