निफमा महानायक राजेश हमालले सम्झिए बुबा

आइतबार निफमा महानायक राजेश हमालले आफ्नो फिल्मी यात्राबारे कुराकानी गरे । उनले आफ्नो पहिलो फिल्म ५-१० प्रतिशत छायांकन भैसकेपछि अभिनय गर्न नसकेको भनेर आफुलाई निकालिएको किस्सा सुनाए । पहिलो गाँस मै ढुंगा बराबर भए पनि आफु हतोत्साही नभई आत्मबिस्वासका साथ अगाडी बढेको उनले बताए । २ बर्ष पछि फेरी सोहि फिल्मको टिमले आफुलाई अर्को फिल्मको लागि बोलाएको सम्झिए । उक्त फिल्म ‘युग देखि युग सम्म’ थियो ।

उनले फिल्मी क्षेत्रमा लाग्दा बुबा आमाको र साथिभाइहरुको सपोर्ट नपाएको र त्यसैको कारणले घर परिवार सँग प्रोफेसनल दुरी बढेको तर भावनात्मन रुपमा भने आफु बुबा आमा सँग नजिकै रहेको बताए । त्यस्तै कार्यक्रममा उनले आफ्नो बुबाको मृत्युको समयको कुराहरु पनि शेयर गरे । पाकिस्तानको लागि नेपाली राजदुतको रुपमा गएको बखत उनको बुबाको मृत्यु भएको थियो । बुबा पाकिस्तान जाने बेला उनलाई नभेटी गएका थिए र उनको उतै मृत्यु भयो । राजेशले आफु सफलताको कुनै बिन्दुमा पुगेपछि परिवार पनि खुसि हुन्छन भन्ने सोचेको तर त्यो बिन्दुमा नपुग्दै बुबाको निधन भएको बताए । त्यस्तै उनले बुबाको घटना सँग सम्बन्धित भाबना र अनुभबहरुले आफुलाई अभिनय यात्रामा निर्देशित गरिरहेको बताए ।

त्यस्तै निफ अन्तर्गत सर्वनाम थिएटरमा थिबो ब्राकले फिल्मलाई अन्तरराष्ट्रिय बजारमा पुर्याउन आवश्यक प्रक्रिया तथा फिल्म निर्माणमा सहयोग गर्ने अन्तरराष्ट्रिय फिल्म महोत्सब र संस्थाहरु बारे जानकारी दिएका थिए ।

पर्यटन बोर्डको हलमा निर शाह निर्देशित फिल्म ‘बासुदेव’ प्रदर्शन गरियो । प्रदर्शन पश्चात निर शाह र अभिनेता हरिहर शर्माले आफ्ना अनुभबहरु बाँडेका थिए । राष्ट्रिय सभा गृहमा सहारा शर्मा निर्देशित फिल्म ‘बर्दिया सुन्दरी’ प्रदर्शन गरियो ।