आफ्नै फिल्म ‘आमा’ माथि निकिताको भारतीय ‘भूत’

भोलीबाट पाँच नयाँ फिल्म हलमा आउने छन् । अपेक्षा गरिएका दुई नेपाली फिल्म आमा र सेन्टी भाइरस नै एक आपसमा जुद्दै छन् । यहि बीच एक अंग्रेजी फिल्म ‘द कल अफ द वाइल्ड’ र २ भारतीय फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ र अन्तिम चरणमा ‘भूत’ समेत आएका छन् । कहिले हलमा फिल्म एउटा मात्रै पनि हुदैनन्, त कहिले आशा गरेका फिल्म नै एक आपसमा जुध्न आइदिन्छन् ।

वितरक निकिता पौडेलले भने नेपाली फिल्म माथि नै हिन्दी फिल्म जुदाउन ल्याएकी छन् । नेपाली फिल्म ‘आमा’ वितरणको काठमान्डौको जिम्मा लिएको वितरक कम्पनी जीजीएकी एक सदस्य निकिता पौडेलले आफु कार्यकारी रहेको गोपीकृष्ण मुभिज मार्फत भारतीय फिल्म ‘भुत’ लाइ नेपाल प्रवेश गराएकी हुन् ।

नेपाली फिल्मको बजार खस्केको अवस्थामा पुर्व चलचित्र विकास बोर्ड अध्यक्ष समेत रहेकी निकिताले नेपाली निर्माता माथि अन्याय पो गरेकी हुन् की ? उनको संस्थाले ल्याएको भुत नेपाली फिल्म बजारमा धेरैले प्रतीक्षा गरेको फिल्ममा नै पर्दैन । तर आफु वितरक रहेको फिल्म हलमा आउदै गर्दा उनको यो कदम कतिको जायज हो ?

नेपाली फिल्मको बजार खस्केको अवस्थामा सहयोग गर्नु पर्नेमा उल्टै बिदेशी फिल्म जुदाउन ल्याउदा नेपाली फिल्म जगतको ब्यापारमा प्रभाव पर्ने त छदैछ । यो निर्माता डुबाउने खेल पो हो कि झैँ भान भएको छ । शुभ मंगल ज्यादा सावधान पनि नेपालमा प्रतीक्षा गरिएको फिल्म हो । त्यस्तै द कल अफ द वाइल्ड युवा वर्गको रोजाईको फिल्म हो। यो स्थितिमा आमालाइ माया गर्नेले हेर्नुपर्ने फिल्म, अनि रंगशाला निर्माण सहयोगार्थ निर्मित फिल्म हेर्ने या अरु कुनै बिदेशी फिल्म ? दर्शकमा द्विविधा सिर्जना भएको छ ।