९२औ ओस्कारको मनोनयन सार्बजनिक, ‘जोकर’ सर्बाधिक ११ विधामा मनोनित

९२औ ओस्कार अवार्ड को मनोनयन सार्बजनिक भएको छ । मनोनयनमा वाकिन फिनिक्स अभिनित फिल्म ‘जोकर’ उत्कृष्ट फिल्म सहित सर्बाधिक ११ विधामा मनोनित भएको छ । २४ विधामा सार्बजनिक गरिएको मनोनयनमा टोड फिलिप्स निर्देशित ‘जोकर’ को साथ साथै मार्टिन स्कोर्सिजको ‘दि आइरिसम्यान’, क्वानटिन टारनटिनोको ‘वन्स अपअन अ टाइम इन हलिवुड’, नोह बौव्यकको ‘म्यारिज स्टोरी’, साम मेंडेसको ‘१९१७’ र कोरियालि निर्देशक बोंग जुन हो को ‘प्यारासाइट’ को बर्चस्व रहेको छ ।

उत्कृष्ट फिल्मको विधामा ‘फोर्ड भर्सेज फरारी’, ‘जोकर’, ‘दि आइरिसम्यान’, ‘वन्स अपअन अ टाइम इन हलिवुड’, ‘म्यारिज स्टोरी’, ‘१९१७’, ‘प्यारासाइट’, ‘जो जो र्याबीट’ र ‘लिटिल वुमन’ परेका छन् । उत्कृष्ट निर्देशक तर्फ टोड फिलिप्स (जोकर), मार्टिन स्कोर्सिज (दि आइरिसम्यान), क्वानटिन टारनटिनो (वन्स अपअन अ टाइम इन हलिवुड), बोंग जुन हो (प्यारासाइट) र साम मेंडेस (१९१७) मनोनयनमा परेका छन् । बोंग जुन हो को ‘प्यारासाइट’ उत्कृष्ट अन्तरराष्ट्रिय फिल्मको विधामा पनि मनोनित भएको छ ।

त्यस्तै उत्कृष्ट अभिनेता तर्फ अन्तोनियो बंडारेस, लियोनार्दो डिकाप्रियो, एडम ड्राइभर, वाकिन फिनिक्स र जोनाथन प्राइस, उत्कृष्ट अभिनेत्री तर्फ सिन्थिया एरिभो, स्कार्लेट जोहनसन, चार्लिज थेरोन, साओर्स रोनन र रेने जेलवेजर मनोनित भएका छन् । अवार्ड वितरण समारोह हलीवुडको डल्बी थिएटरमा फेव्रुअरी ९ मा हुनेछ ।