भ्वाइसका बलबहादुरको नयाँ गीत सार्वजनिक

गायक बल बहादुर राजबंशीले गीत ‘पछुताउनु पर्ला’ सार्वजनिक गरेका छन् । गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द,  हरि लम्सालको संगीत तथा रिकेश गुरुङ्गको संगीत संयोजन छ । सन्देशजँग राणाको निर्देशन रहेको भिडियोमा क्रिस्टल क्लज क्रिउ डान्स ग्रुपको नृत्य हेर्न सकिन्छ । उनी ‘भ्याइस अफ नेपाल सिजन २’मा टप नाईनसम्म पर्न सफल भएका थिए।