पहिलो चुम्बन (भाग – ४)

केही दिनको बिरामी पछि म निको भएँ । दारेले एकदम ख्याल राख्थ्यो । आमालाई अझै पनि यो सबको बारेमा भनेकी थिईन मैले । त्यतिकैमा एकदिन आमाले फोनमा ‘म तलाई भेट्न आउँछु, सारै न्यास्रो लाग्या छ’ भन्नु भयो । मैले’नि आमालाई नदेखेको एक बर्ष हुन लागिसकेको थियो । बर्षमा एकपटक दशैमा घर जान्थे म । मैले आमालाई आउनु भनेर बोलाएँ । आमा पहिलो पटक आउनु हुँदै थियो । ‘गाडी चढेर आएर बुटवल बसपार्क ओर्लिनु म लिन आउला’ भने । दारेलाई’नि सुनाएँ । ‘आमा सँग तिम्रो भेट गराउछु आमाले मन पराउनी भएर आउनु’ । मैले दारेलाई भने । उ मुसुक्क हाँस्यो मात्र ।

दुई दिन पछि आमा आउनु भो । म बुटवल बसपार्क गएर बसें, आमा आउनु भो । आमालाई लिएर कोठामा आएँ । दारेलाई बेलुका खाना खाने गरि आउ भनेकी थिएँ । आमाले ल्याएको तरकारी र अरु खाने कुरा सबै निकाले । रातीको खाना पकाएँ । दारेलाई कुर्दै थियौ, आमाले ‘भोक लाग्यो, खाने होइन ? कस्लाई कुरेको ?’ भन्नू भो । मैले एकछिन भने । दारेलाई म्यासेज गरें छिटो आउ भनेर । मैले मेसेज गरेको एकछिनमा उ आयो । ढोका ढक्ढ्क्याए पछि ढोका खोलें । दारेको पहिरन देखेर मन मनै हाँसे । सधै हाफ कट्टु स्यान्डो लाएर कपाल जिङ्रिङ्ग बनाएर आउने मान्छे आज कपाल कोरेर, राम्रो टिसर्ट, फुल पाईन्ट लाएर अनि सेन्ट नि लाएर आएको रै’छ । हाँस्न त खिलेर मन थियो तर आमा भएर हास्न पाईन । उ भित्र आउदा आमाले जिज्ञासु नजरले मलाई हेर्दै थिईन । उसले आमालाई नमस्कार गर्यो । मैले आमालाई तिम्रो हुने वाला ज्वाइँ यहि हो आमा भने । आमा केही बोलिनन,  खै के सोचिन । आमाले नाम, थर, ठेगाना, घर परिवार, पढाइ, काम हुने र सक्ने जति सबै सोधिन । उ भने मायालु मुखले आमा तिर हेरेर आमाको सवालको जवाफ दिदै थियो । म उसलाई हेरेर मुसुमुसु हाँस्दै थिएँ । एकछिन पछि मैले खाना खाउ भनें । तीन भाग लाएर खाना पस्किएँ । अरुबेला गोरुले भुस खाए झै गरि खाने उ आज भलादमी  पारामा खादै थियो । कता कता डरको धर्कोहरु देखिरा’को थिएँ मैले उसको मुहारमा । रातीको करिब १० बजे उ आफ्नो कोठामा फर्कियो । आमा संग धेरै बेर कुरा चल्यो । सबै सुनाएँ मेरो दारेको बारेमा । ‘तलाई दु:ख नहोस तँ खुशी हुन्छेस भने मलाई केही चाईदैन’ आमाले भनिन । खुशी लायो आमाले मेरो मनको कुरा बुझेकी मा । भोलिपल्ट देखि प्राय जस्तो आमाको भेट दारे सँग हुन थाल्यो । म काममा हुँदा दारेले आमालाई दिनभरि बुटवल घुमाई दिन्थ्यो । आमाको मन धेरै राम्ररी जित्यो दारेले । आजकल आमा आफै दारेको तारिफ गर्न थालेकी थिईन । त्यो केटालाई कहिल्यै नछाडे छोरी भन्थिन । आमाले दारेको बारेमा भन्दा झन झन माया बढेर आउथ्यो ।

आमा करिब एक महिना जति बसिन त्यो एक महिनामा धेरै समय दारे संगै हुन्थिईन। आजकल त आमाले म संग दारेको बारेमा कुरा गर्दा ज्वाइँ भन्न थालेकी थिईन । कैले काहीँ दारेलाई रेकर्ड गरेर पठाउथे मख्ख पर्थ्यो बाहुन । एक महिना पछी आमा घर फर्किने भईन । फर्किने बेला दारे र म संगै गयौ आमालाई बस चढाउन, जाने बेला आमाले अर्को दशैमा हजुरलाई ज्वाइँ भनेर टीका लाउन पाउँ बाबू भनेर दारेलाई भनिन । दारे हाँस्यो ‘हस’ भनेर । आमा लाई पुर्याएर हामी फर्कियौ । दारेलाई कलेज जान अनि मलाई अफिस जान अबेर भैसकेको थियो, त्यसैले आफ्नो आफ्नो रुम तिर गयौ । ‘बेलुका खाना खान आउछु बुढी म…’ दारेले भन्यो । आमाले ज्वाइँ भन्न थालेबाट मलाई बुढी भन्न थालेको थियो । मैले नि ‘आएर पकाएर मलाई नि खुलाउनी म सक्दिन’ भनेर भित्र पसे । उ केही भन्दै थियो मैले सुन्न नचाहे झै गरे । दुबै आफ्नो आफ्नो काम तिर लाग्यौ ।

आमाले दिउँसो फोन गरिन म घरमा पुगे भनेर । मन अलिकति चुलबुले भएको थियो आमाको खबरले मन शान्त  भयो । बेलुका म आफ्नै कोठामा थिएँ । दारे आयो । ‘मेरो सासुआमा पुग्नु भो रे दिउँसो मलाई खबर आको थियो’ भन्दै भित्र पस्यो उ । मैले ‘मलाई’नि आको थियो’ भनें । ‘मलाई भोक लागि सक्यो केही खाउँ न’ दारेले भाँडाहरु हेर्दै भन्यो । बिहान को भात थियो त्यो भात मज्जाले अलिकती तरकारी २ वटा अन्डा हालेर पकाएँ । एउटै भाडामा हालेर दुबैले खायौ । भाडा उसैले माझ्यो । म बेडमै थिएँ उ नजिकै आयो, मैले ‘अब जाउ’ भनें उसले ‘अहिले जान्छु धेरै भयो तिमी सँग नबसेको, तिमिलाई नछोएको अनि माया नगरेको एकछिन माया गरेर जान्छु’ भन्दै मेरो घाँटी, ओठ, निधार, आँखा तिर चुम्बन गर्न थाल्यो । साँच्चै धेरै भएको थियो उसको स्पर्श नपाएको । मैले नाई नास्ती केही गरिन । उसलाई मज्जाले अंगालोमा कसें । आज फेरि उसका हात छाडा भए । अलिकति मात्तिए झै गर्दै थियो उ । मैले ‘किन सन्केको आज’ भनेर सास ले बोले । ‘माया गरेको लाटी यति नि बुझ्दिनस है ?’ मेरै शैलीमा उसले नि जवाफ दियो । आज न उ बाँधिएको थियो न मै बाँधिएकी थिए । एक एक गर्दै म उसको अगाडि नाङ्गिदै गए, अनि उ पनि । लाजले मैले मेरा आँखाहरु आफ्नो हत्केलाले छोप्न खोज्दा, उ मेरा आँखाहरुमा निकै मायालु पारामा चुम्बन गर्थ्यो । म उसको मायामा डुब्दै गए, अनि उ मेरो मायामा । मैले मेरो कुमारित्व तोडे ।

मैले’नि मेरो हिस्ट्री बनाए । आजको रात मेरो जिबनको अबिस्मरणीय रात थियो । आजबाट शरीर बाट नि म उसैकी भए । झन माया गाढा हुँदै आएको थियो हाम्रो । त्यो रात पछि झन एकअर्कालाई छोड्नै नसक्ने भएका थियौ हामी । त्यसपछी पनि त्यस्ता रातहरु धेरै संगै बितायौ हामिले । आज भोलि गर्दा गर्दै दिन बित्न थाले ।

मायै मायामा मैले दुई महिनाबाट आफ्नो महिनावारी नभएको कुरा भुलेछु । जुन दिन याद आयो म झसङ्ग भएँ । आफैले घरमै युरिन टेस्ट  गरें । रिजल्ट पोजेटिभ थियो । म आमा बन्ने भएछु । अब डर थियो उसले कसरी लिन्छ यो कुरालाई । अनेकन कुरा खेल्न थाले मनमा । र अन्तिममा मैले सबै कुरा उसलाई सुनाएँ । त्यो कुरा सुने पछिको उसको भावले मेरा आँखाका डिल भरिएर आयो…

बाँकी अर्को भागमा …..