सुर्खेतीको ‘पहिलो भेटमै’ सार्वजनिक

मिलन सुर्खेतीको नयाँ गीत ‘पहिलो भेटमै’को भिडियो सार्वजनिक भएको छ । योगेन ढोलीको शब्द रचना भएको यस गीतमा गायक सुर्खेती आफैले संगीत भरेका छन् । मुस्ताङ्गमा छायांकन गरिएको भिडियोलाई नबिन पुरीले निर्देशन गरेका छन् भने संजय लामाले छायांकन गरेका छन् । भिडियोमा जितेश प्रधान र टिकटक स्टार एलिशा पुन मगरले अभिनय गरेका छन् । बनिश शाहले सम्पादन गरेको यस भिडियोलाई रेनिश फागोले कलर ग्रेडिङ्ग गरेका छन् भने शिशिर खातीले कोरियोग्राफी गरेका छन् । यस गीतका निर्माता राजेश मास्के हुन् ।