फिल्म ‘गोल’ को गीत ‘पल पल हरपल’ सार्वजनिक

फिल्म ‘गोल’ को गीत पल पल हरपल सार्वजनिक भएको छ । गीतमा मेलिना राइको आवाज भिम बस्नेतको संगीत तथा मुकुन्द प्रयास र संगीतकार बस्नेत कै शब्द रचना रहेको छ ।

राजु शाहको कोरियोग्राफी रहेको गीतको छायांकन प्रकाश सुब्बाले गरेका हुन् । भिम लामाको निर्देशन रहेको फिल्मको निर्माण अविरल भट्टराईले गरेका छन् । भिडियोमा किशोर खतिवडा र सबिना कार्कीको अभिनय रहेको छ ।