मदनकृष्णको छोरीसंगको सहकार्य ‘पानीछायाँ’ (भिडियो)

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र छोरी सराना श्रेष्ठले एकै गीतमा आवाज भरेका छन् । ‘पानी छायाँ’ बोलको गीतको भिडियो काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत छ । मदन र सरानासँगै कलाकार हरिवंश आचार्य, केदार घिमिरे, सन्दिप क्षेत्री, भिडियोका निर्देशक सुव्रतराज आचार्य, गीतकार राजेन्द्र थापा, निर्देशक दीपाश्री निरौला लगायतले ‘सिग्नेचर स्टेप’ गर्दै भिडियो सार्वजनिक गरे । भिडियोमा मदनकृष्ण श्रेष्ठ र सरानाको साथमा कोविश पाण्डे, आर्शिना भट्टराइको अभिनय छ । भिडियोमा राजिव समरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।