तेलगु अभिनेता गोपीसंग स्क्रिन सेयर गर्दै पारमिता

नायिका पारमिता आर एल राणाले तेलगु फिल्ममा डेब्यु गर्ने भएकी छिन् । उनले चर्चित तेलगु अभिनेता गोपी चन्दसंग नाम नखुलाईएको फिल्ममा स्क्रिन सेयर गर्न लागेकी हुन् । श्री वैंकटेश्वर सिने चित्र एलएलसीको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्ममा पारमिता फिमेल लिड रोलमा अनुबन्धित भएकी छन् । शुभ मुहूर्तसंगै फिल्मको छायांकन सुरु भएको छ । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै आफुले अडिसन दिएर फिल्मको लागि छनौट भएको बताएकी छिन् । स्टाटसको अन्त्यमा उनले ‘म नेपाललाई साँच्चै गौरवान्वित बनाउने छु’, भनेकी छिन् ।

‘चपली हाइट २’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी नायिका राणाले त्यसयता रोज, चङ्गा चेट, द म्यान फ्रम काठमाडौँ, द कर्मा लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् । मोडलिङ हुँदै नेपाली फिल्ममा होमिएकी पारमिताको तेलगु फिल्म यात्रा कस्तो हुनेछ हेर्न बाकि छ ।