पारमिताको पोष्टले फिल्मको कथा याद दिलायो

सडक दुर्घटनाको करिव एक महिना पछि एक स्ट्याटस लेखेर मोडल कलाकार पारमिता आरएल राणा चुप छिन् । उनले घटना घटेको एक महिना पछि माफी मागे झैँ गरि आफैले ‘सिम्प्याथी’ खोजिन् । उनको पोष्ट एक कथा झैँ लाग्छ ।

कथाको कुरा गर्दा उनले फिल्मको कथा समेत लेख्दै गरेको बताएकी थिइन् । फिल्म चपली हाइट २बाट फिल्म क्षेत्र प्रवेस गरेकी उनले फिल्म निर्माता अर्जुन कुमारले उनको कथा मन पराएको र फिल्म बनाउने बाचा दिएको समेत बताउन भ्याईन् ।

एक महिना पछि महिलाको मृत्यु हुदाको पीडा, परिवार प्रतिको सहानुभूति उनले देखाईन् । एक महिना उनी आफै सदमामा थिईन् रे ।

कथा लेख्न जान्ने, सहानुभूति बटुल्न जान्ने पारमिताले पहिलेको कथा कहाँ पुर्याईन् कुन्नि ? कि आउदै गरेको फिल्म ‘दि कर्मा’ को प्रमोसनको नयाँ तरिका पो खोज्या हो कि ?