परदेशको दशैँ (भिडियो)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको दसैं गीत सार्वजनिक भएको छ । परदेशमा एक्लोपन भएर गाउँघर, लेकबेसी सम्झिएर रुनु पर्दाको पीडा गीतभित्र समावेश गरिएको छ । अर्जुन सुनामको संगीत र स्वरमा सजिएको यो गीतले परदेशमा दशैं तिहार मनाउने नेपालीको पीडा समेटेको छ ।

गीत एरेन्ज झलक संगीतम् ले गरेका हुन् भने सञ्जय श्रीपालले मिक्सिङ गरेका छन् । राजीव श्रेष्ठको छायाँकन, एकान्त मगरको सम्पादन रहेको यस गीतलाई हेम प्रभासले निर्देशन गरेका हुन् । भिडियोमा भीम दाहाल, सृष्टि आचार्य, सोनी सस्मित, टीकाराम, देउमाया लगायतको अभिनय रहेको छ ।