फिल्मको नाम नै ‘सन्नी’ राखे हुन्न ?

फिल्म पासवर्ड आजबाट प्रदर्शनमा आएको छ । फिल्मको नाममा आइटम गीत नाचेकी भारतीय अभिनेत्री सन्नी लियोनी बाहेक फिल्मका निर्देशक, निर्माता कोही चर्चामा छैनन् । न त फिल्मका लिड कलाकार नै । फिल्मका केही सामग्री सार्वजनिक भए पनि त्यसले खासै चर्चा पाएन । अरु त अरु पोस्टरमा समेत आइटम डान्सर सन्नीले नै पुरै स्थान ओगटेकी छन् ।

अझ बिहिबार गरिएको फिल्मको प्रिमियरको चटकको त कुरै छोडौ । पत्रकारको भिड र सन्नीको स्पेस अचम्म लाग्दो थियो । अर्को चर्चाको बिषय थियो, सन्नीले लिएको पारिश्रमिक । नेपालका अधिकांस फिल्म बन्न पुग्ने बजेट २करोड निर्माताले एक डान्सरलाई दिएको चर्चा छ । काम एउटा गीतमा नाच्ने तर पारिश्रमिक त्यत्रो ?

‘सन्नी’ को फिल्म पासवर्ड भन्ने त ट्रेडमार्क नै बनेको छ।  त्यसैले फिल्मको नाम नै परिवर्तन गरेर ‘सन्नी’ राखे कसो होला ?
तस्विर:मिलन केसी